दफा ७८
समाह्वान, इतलायनामा इत्यादि च्यात्न वा उप्काउन नहुने

(१) कसैले कानून बमोजिम टाँसेको समाह्वान, इतलायानामा, पक्राउ पूर्जी, सूचना वा आदेश त्यसको प्रयोजन बाँकी छँदैबदनियतपूर्वक च्यात्न वा उप्काउन हुँदैन ।
(२) उपदफा (१) बमोजिम कसूर गर्ने वा गराउने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वादुवै सजाय हुनेछ ।